तिनजुरे अनलाइन,
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा खेलकुद युवा संघ इजरायलको आयोजनामा विभिन्न खेलकुद प्रतीयोगिताका कार्यक्रम सम्पन्न भएको छ !
गत मे १७र १८ तारिख तेल अभिब लेवनिन्स्कि फुटसल खेल मैदानमा कार्यक्रमकी सभापति पेमा डोल्मा ह्योल्मो, प्रमुख अतिथि इजरायलका लागी नेपाली राजदुत कान्ता रिजाल,एन आर एन ए इजरायलका अध्यक्ष श्री कृष्ण भण्डारी बिसेस अतिथि नेपाल आदिवासि जनजाती महासंघ इजरायलका अध्यक्ष कुमार आङदेम्बे रहेका थिए !
स्वास्थ्यको निम्ति खेलकूद” भन्ने मुल नाराको साथ हरेक बर्ष संचालन हुने प्रतीयोगिताको तेस्रो संस्करण अन्तरगत पुरुष फूटबल तथा भलिबल खेल संचालन भएका थिए !
उक्त प्रतीयोगितामा इजरायलमा रहेका ६ फुटबल क्लबहरु के वाइसी (A)के वाईसि (B)
राइजिङ स्टार (R) राइजिङ स्टार(S)
लायन्स तेल अभिब , नेपाल मगर संघ सहभागी थिए त्यस्तै भलिबल तर्फ नेपाल मगर संघ (BLUE)नेपाल मगर संघ (RED)लायन्स तेल अभिब साथै केवाइसी लगायतका क्लब प्रतियोगितामा सामेल भएका थिए!
प्रतियोगिता धेरै रोचक र प्रतिस्पर्धात्मक रहेको थियो । फाईनल खेल लायन तेलअभिब फूटबल क्लब र केवाइसी बीच भएको थियो, सो खेलमा लायन तेलअभिवले २ गोलका बिरुद्ध ६ गोल गरि बिजेता भनेको थियो !
फूटबल विजेता टिमले नगद ३ हजार सेकल कप, मेडल र प्रमाण पत्र साथै उपबिजेता टोली केवाइसी फूटबल क्लबले १५०० सेकल कप, मेडल र प्रमाण पत्र प्राप्त गरेको थियो ।
विजेता टिमका नवराज विष्ट उत्कृष्ट खेलाडी, प्रताप लिम्बू उत्कृष्ट डिफेन्डर, राजीव राई सर्वाधिक गोल कर्ता र सागर लिम्बू उत्कृष्ट गोल किपर घोषित भएका थिए ।
इजरायलमा हुने फुटबल, फुटसल प्रतीयोगीताहरुमा
लायन्स तेल अभिब पहिलो पटक च्याम्पियन बन्न सफल भएको हो भने इजरायलमा धेरै प्रतियोगिता जित्न र सर्वाधिक सफल टीमको रुपमा के वाइसी फूटबल क्लब लाई मानिन्छ ।
त्यस्तै भलिबल तर्फ लायन तेलअबिभ प्रथम तथा नेपाल मगर संघ दोश्रो हुदै क्रमस ट्रफि १ हजार ५ सय सेकेल प्रमाण पत्र मगर संघले १ हजार सेकेल साथै मेडल प्रमाण पत्र प्राप्त गरेका थिए भने लायन तेलअविभका बिश्व लिम्बु उत्कृष्ट खेलाडी घोषित भएका थिए !
प्रतीयोगि खेलाडी हरु सङ परीचय तथा सुभकामना दिदै राजदुत कान्ता रिजाल !