नेपाल आदिवासी जनजाति महासंघ इजरायल शाखाको अध्यक्षमा मनु श्रेष्ठ चयन !

इजरायल बिसेष समाज

तिनजुरे अनलाइन !
नेपाल आदिवासी जनजाति महासंघ इजरायल शाखाको १२ औं वार्षिकोत्सव तथा साधारण सभा गत शुक्रबार इजरायलको तेलअभिवमा सम्पन्न भएको छ उक्त साधारण सभाले मनु श्रेष्ठ लाई निर्बिरोध चयनगरेको छ !

पहिचानका लागि युवा  Youth For Identity  “विश्वका आदिवासी जनजाति एक हौं, आफ्नो भेषभुषा,भाषा, लिपी,कला,संस्कृतिको संरक्षण र सम्बद्र्धन गरौं ” भन्ने मूल नारा सहित १२ औं वार्षिकोत्सव तथा साधारणसभा शुक्रबार मातालोन ७७ तेलअभिवमा सम्पन्न भएको हो !

उक्त कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ इजरायल शाखाकी पूर्व अध्यक्ष एवं संरक्षक परिषदका सदस्य पेम्बा डोल्मो ह्योल्मोको प्रमुख आतिथ्यता नेपाल आदिवासी जनजाति महासंघ इजरायल शाखाका निबर्तमान अध्यक्ष कुमार आङदेम्बे लिम्बु संरक्षक परिसद सदस्य सुन्दर लामा तामाङ,जनसम्पर्क समिती इजरायलका कार्यबाहक सभापती कटक श्रेष्ठ प्रबासी नेपाली मंच राष्ट्रिय कमिटी इजरायलका सचिब रमेश जोशी नेफिन इजरायलका सल्लाहकार आदिवासी राष्ट्रिय समुदाय संस्थाका अध्यक्ष सामाजिक, धर्मीक, कला, साहित्य संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि
मिडिया कर्मी लगायतको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो !

नेपाल आदिवासी जनजाति महासंघ इजरायल शाखामा आबद्ध ८ संस्थाहरु मध्ये नेपाल तामाङ घेदुङ, नेपाल मगर संघ, तमू समाज, राष्ट्रिय नेवाःखल, किराँत याक्थुङ चुम्लुङ, किराँत राई यायोख्खा, शेर्पा संघ, होल्मो समाज लगाएतका संघसंस्थाहरु आवद्ध छन् ! नेपाल आदिवासी जनजाति महासंघ इजरायल शाखाले हरेक बर्ष वार्षिक उत्सव तथा साधारण सभा गर्दै नयाँ समिती चयन गर्ने गरेको छ यश अघि निबर्तमान अध्यक्ष किरात याक्थुङ चुम्लुङ इजरायल बाट कुमार आङदेम्बे अध्यक्ष थिए भने यो पटक अध्यक्षमा नेवा खलं इजरायल बाट मनु श्रेष्ठ चयन भएकी हुन !

त्यस्तै वरिष्ठ उपाध्यक्षमा नेपाल मगर संघ इजरायलका मन मास्की राना मगर, उपाध्यक्षमा ह्योल्मो समाज इजरायलका सर्किनी ज्यावा ह्योल्मो, उपाध्यक्षमा नेपाल तामाङ घेदुङ इजरायलका रन्जना ग्याबक तामाङ, उपाध्यमा शेर्पा संघ इजरायलका ल्हक्पा लामा शेर्पा, उपाध्यक्षमा किरात याक्थुङ चुम्लुङ इजरायलका तुल्सा तुम्बाहाङफे, महासचिवमा तमू समाज इजरायलका खुशी क्ल्हे तमूस्यो, प्रथम सचिवमा राष्ट्रिय नेवा : खल इजरायलका बिमला श्रेष्ठ, सचिव ह्योल्मो समाज इजरायलका फुर्वा लामा ह्योल्मो, सचिव शेर्पा संघ इजरायलका लेमी शेर्पा, सचिव तमू समाज इजरायलका इन्द्रजंग तमू, सचिव नेपाल तामाङ घेदुङका अशोक थोकर तामाङ, कोषाध्यक्षमा किरात याक्थुङ चुम्लुङ इजरायलका आश कुमार लावती, सह कोषाध्यक्षमा नेपाल मगर संघ इजरायलका बिवश आले मगर चयन भएका छन् ।

यसै गरी वार्षिकोत्सव तथा साधारण सभाले ८ सदस्यीय सल्लाहाकार समिति पनि चयन गरेको छ । सल्लाहाकार समितिको प्रमुखमा कुमार आङ्देम्बे, सदस्यहरुमा जेसाङ शेर्पा, छत्र गोले (शंखर), डिक कुमार गुरुङ, कमला कन्दङ्वा, सुनिता श्रेष्ठ, सूर्य राना मगर र समीर स्याङ्बा ह्योल्मो रहेका छन् ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight × one =