इजरायलमा नेपाली चलचित्र  “गाउ आएको बाटो” प्रदर्शनको तयारी !

इजरायल बिसेष

तिनजुरे अनलाइन !इजरायलमा नेपाली चलचित्र  “गाउ आएको बाटो” प्रदर्शन हुने भएको छ किराँत याक्थुङ चुम्लुङ इजरायल द्वारा आउदो जुलाई १३ मा तेल अविभको जोया हाउसमा उक्त फ्लिम प्रदर्शन गर्न लागेको हो !

ताप्लेजुङ्को फुङ्लिङ वाड न.४ तोक्मे डाडामा निर्माण भइ रहेको (धान नाच ) को स्तम्भ निर्माणको सयोगार्थको लागी कि. या. चु. इजरायलले  यस अघि पनि मनसारा चलचित्र प्रदर्शन गरिसकेको छ पुनः सहयोगार्थ  दानियल फ्रीस्च १ तेलअविवमा  नेपाली चलचित्र “गाउ आएको बाटो” प्रदर्शन गरिन लागेको किराँत याक्थुङ चुम्लुङ इजरायलकी अध्यक्ष नुमा काङबा बोखीमले बताएकी छन् !

राई जातिको सामाजिक पृष्ठभूमिमा बनेको फिल्म गाउँमा सडक आएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावलाई देखाउन खोजिएको छ।

नविन सुब्बा निर्देशित फिल्ममा दयाहाङ राई, पशुपति राई, प्रशान राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायत कलाकारको अभिनय छ। निर्देशक नवीन सुब्बा र महेश राईले फिल्मको पटकथा लेखेका छन्। फिल्मका निर्माता आमोद राई र नवीन सुब्बा हुन्।

फिल्मले टोरोन्टोसहित २८ औँ बुसान फिल्म फेस्टिभलबाट पनि चर्चा बटुलेको थियो। मेन्छ्याम फिक्चर्स तथा बाँसुरी फिल्म्सको संयुक्त ब्यानरमा बनेको छ।

निर्देशक सुब्बाको यो तेस्रो फिल्म हो। उनले यसअघि ‘नुमाफुङ’ र ‘गुडबाई काठमाडौँ’ फिल्म बनाइसकेका छन्। तर ‘गुडबाई काठमाडौं’ प्रदर्शन भएको छैन।

किरात याक्थुङ चुम्लुङ इजरायल द्वारा जारी सुचना जस्ताको त्यस्तै
_________सूचना __________

सेवारो/नमस्कार सबैमा 🙏

हाम्रो गौरवमय संस्था किरात याक्थुङ चुम्लुङ इजरायल द्वारा निर्माण गर्दै गरिएको  फुङ्लिङ वाड न० ४ तोक्मे डाडा ताप्लेजुङमा  ( याराक्मा/धान नाच ) को स्तम्भको  सयोगर्थाको निमित्त  यहि  July 13 तारीख  शनिबारको दिनमा   दानियल फ्रीस्च 1 तेल -अभिव इजरायलमा   अबस्थित  ZOA HOUSE मुभी हलमा किराँत याक्थुङ चुम्लुङ इजरायलको आयोजनामा अहिलेको सर्वाधिक मनपराइएको  नेपाली चलचित्र ”  गाउँ आएको बाटो ”  प्रदर्सन गर्न गइरहेको हुँदा उपस्थित भइ  हेर्नको लागि इजरायलवासी सम्पुर्ण नेपाली नेपालिभाषी दाजुभाइ तथा दिदिबहिनीहरुमा हार्दिक निमन्त्रणा गर्दछु। नोगेन

स्थान :- Daniel frisch  St-01  Tel-Aviv israel
ZOA HOUSE
मिति:- 13th July   2024
Show time  :- 2:00 Pm
टिकेट :- only 150  सेकल
बस चढ्ने समय   :- 12:00  AM

तेलअभिव पार्क  बाट हल सम्म र फर्किनुको लागि यातायातको सुविधा राखिएको छ ।

टिकटको लागि सम्पर्क / गोर्खा मोबाइल होम/ शान्ति खापुङ खाजा घर/ ममता लिम्बू खाजा घर ।

अथवा

       CONTACT US

प्रबिन आङ्बुङ  0585919552
इन्दु लावती  0509115853
नुमा काङ्भा  0549698835
अबि आङ्देम्बे  0543462324
नयन इम्सोङ  0549271863
आइन्द्र योङ्या  0585478556
सागर तुम्बापो  0548703604
गिता तुम्बाहाङ्फे 0584501863
राज आङ्देम्बे  0545246860
साइना आङ्थुपो 0535906529
संगिता आङथुपो  0545615128
शान्ति खापुङ 0584024834
ममता लिम्बु 0584919138

ᤀᤡᤴᤍᤢ ᤗᤠᤘᤋᤡ
ᤌᤥᤛᤢᤍᤡᤶᤒᤠ
किरात याक्थुङ चुम्लुङ इजरायल !!

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− four = six