तिनजुरे अनलाईन !
छयासि बर्षिया सर्जक ज्योती कोइरालाको पहिलो
गीतिसंग्रह ‘ ज्योतीको सङ्गालो’ बिमोचन सम्पन्न भएको छ !
गत बुधबार काठमाडौमा आयोजित एक कार्यक्रम बिच
पुर्वमन्त्री परिसद अध्यक्ष खिलराज रेग्मी, बरिस्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला , लोकगायक बम बहादुर कार्की लगायतले उक्त गीति सग्रहको बिमोचन गर्नु भएको हो।
पुरानो स्थानीय लयहरु संकलन गरि गाइएको ५वटा गीतहरु रहेको ‘ ज्योतीको सङ्गालो’मा दीपक शर्माको एकल संगीत रहेको छ। बिन्ध्याबासिनी म्युजिकले बजारमा ल्याएको गीति सङ्ग्रहमा रहेको एउटा गीतको भिडियो पनि निर्माण गरिएको छ।
कार्यक्रममाझ सर्जक ज्योती कोईरालाले गित र सोको भाव बारेमा प्रस्ट पार्नुहुदै ७ दशक अघीको परिवेशलाई
यसमा समेटिएको जानकारी दिनु भएको थियो !
उक्त बिमोचन कार्यक्रममा सर्जक ज्योती कोईराला र उहाँका श्रीमान ठाकुर प्रसाद कोईरालाले डा. भगवान कोइरालाको अध्यक्षतामा निर्माणाधीन काठमाण्डौ इन्स्टिच्युट अफ चाईल्ड हेल्थ नामक गैर नाफामुलक बाल अस्पतालको निर्माणका लागी पच्चिस लाख सहयोग प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा सभापतिको आसनबाट बोल्नु हुदै सर्जकका पति ठाकुर प्रसाद कोईरालाले ज्योती कोईरालाले विहान बेलुका गुनगुनाउने गरेको पाएको र सो बारे कौतुहलता जागेर बुझ्दा लोपोन्मुख रहेको पाएकाले यसलाई औपचारिकता दिदै गीति संग्रह निकालिएको बताउनु भयो ।
त्यस्तै लोक गायक बम बहादुर कार्कीले ज्योतीको सङालोमा तिज भाकाका पुराना गितहरु सङ्रहित रहेको र उहा जस्ता ज्येष्ठ नागरिकबाट हाम्रा लोपोन्मुख रहेका गितको जगेर्ना गर्न सकिने बताउनु भएको थियो ।