यु के
चितवन समाज यु के को अध्यक्षमा खेम शर्मा निर्बाचित भएका छन गत जुलाई ७ तारिख यु के एक हलमा सु सम्पन्न साधारण सभाले अध्यक्षमा शर्मालाई चयन गरेको हो !भने प्रबक्तामा चितवन समाज इजरायलक पुर्व अध्यक्ष नयन सापकोटा सर्बसहमत निर्बाचित भएका हुन् !
अध्यक्ष सङै उपाध्यक्षमा डिल्ली लामिछाने,उपाध्यक्षमा नारायणी लामिछाने,तारा अर्याल निर्बाचित भएका हुन महासचिब बाबुराम ढकाल ,सचिब राम सुबेदी,राम चन्द्र शर्मा पौडेल कोषाध्यक्षमा खिमानन्द कंडेल, सह कोषाध्यक्ष प्रताप अधिकारी महिला सम्योजकमा दुर्गा सिलवाल पाठक ,युवा सम्योजकमा प्राशन्त कंडेल चयन भएको प्रबक्ता नयन सापकोटाले जानकारी दीएका छन् !
त्यस्तै सदस्यमा हरी प्रसाद शर्मा,दीर्घ राज पौडेल,दिपक भट्टराई,नारायण कंडेल,देवकी सापकोटा कंडेल,नवीन सापकोटा,विश्वराज सेढाईं,बसन्त गौतम इस्वर चौधरी,
सिता न्यूरे निर्बाचित भएका हुन !
साथै क्षेत्रिय सम्योजकहरुमा
लन्डनका लागी झलक सुबेदी,मिडल्यान्डका लागी महेन्द्र सापकोटा,स्कटल्यान्डका लागी गोपाल सापकोटा चयन भएका हुन !
निर्बाचित भए सङै आफ्नो मन्तव्यमा नव निर्बाचित अध्यक्ष खेम शर्माले चितवन समाज युकेलाइ यो अवस्था सम्म ल्याउन को निम्ति निरन्तर लागी परेका सस्थापक अध्यक्ष्य सालिकराम सापकोटा लगायत सम्पूर्ण पूर्व समितिलाई हार्दिक धन्यवाद सहित आभार प्रकट गर्नु भएको थियो साथै कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरु, सहभागीहरु, निर्बाचन समिति , कलाकार एबं पत्रकार लगायत सम्पूर्ण सहयोगीहरुला धन्यवाद ब्यक्त गर्नु भएको थियो ।
सस्थापक अधक्ष्य सालिकराम सापकोटाले नव निर्बाचित कार्य समितिलाई बधाई दिनुहुँदै, सफल कार्यकालको सुभकामना दिनु भएको थियो। साथै नया समितिले आगामी दिनमा समाजलाई अझ यो भन्दा मजबुत, एकताबद्द एबम थप उचाइ मा पुर्याउन महत्वपुर्ण भूमिका निर्बाह गर्नु हुनेछ भन्ने विश्वास रहेको कुरा ब्यक्त गर्नु भएको थियो।
चितवन समाज यु के ले चितवन लगायत देशमा भई परि आउने समस्या अबस्था हेरि स्थापना काल देखी नै सहयोग आएको छ !